२०८३ असार २४ गते , बुधबार
झापामा सिँचाइको मोटर चोरी गर्दै गर्दा एक युवक पक्राउ
झापा गाउँपालिकास्थित पेचकारनी टोलमा सिँचाइको मोटर चोरी गर्दै गर्दा एक युवकलाई स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कनकाई नगरपालिका-४, सुरुङ्गा निवासी २५ वर्षीय लक्ष्मण चौधरी रहेका छन्।
प्रहरीका अनुसार बुधवार बिहानको राति करिब १२ः४० बजे मिस महमदले घरदेखि करिब ६०० मिटर टाढा खेतमा सिँचाइका लागि राखेको ३/४ इन्चको सिँचाइको मोटर चोरी गर्ने क्रममा स्थानीयवासीले देखेपछि चौधरीलाई नियन्त्रणमा लिएका थिए। त्यसपछि स्थानीयले टाघनडुब्बा प्रहरी चौकीमा खबर गरेका थिए।
टाघनडुब्बा प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिएको हो। प्रहरीले पक्राउ परेका चौधरीलाई थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय झापा पठाएको छ।