२०८३ असार २३ गते , मंगलबार

मलद्वारमा ब्राउनसुगर ल्याउने दुई जना भद्रपुरमा पक्राउ

sajilo news
झापा
२०८३ असार २२ गते , सोमबार
मलद्वारमा ब्राउनसुगर ल्याउने दुई जना भद्रपुरमा पक्राउ

मलद्वारमा लागूऔषध ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा भद्रपुरमा दुईजना कारोबारी पक्राउ परेका छन् । हिजो दिउँसो ४;३० बजे भद्रपुर नगरपालिका–५ स्थित मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ९५३६ नम्बरको स्कुटर चालक बिर्तामोड- ९ गरामनी बस्ने ४४ वर्षीय चन्द्रप्रसाद राजवंशीलाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लास्टिक बाहेक १४ ग्राम १४० मिलिग्राम ब्राउन सुगर लुकाएर ल्याएका थिए । स्कुटरसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै भारतबाट लागूऔषध लिएर आउँदै गर्दा भद्रपुरमा इलामका एक युवक पक्राउ परेका छन् । हिजो साँझ ६ः४० बजे मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदल यात्री इलाम चुलाचुली-२ बस्ने २३ वर्षीय रोहित कुमाललाई पक्राउ गरेको हो । 

शंका लागेर चेकजाँच गर्दा उनले पनि मलद्वारभित्र लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकबाहेक ३ ग्राम ६४० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

सम्बन्धित समाचार