२०८३ असार २२ गते , सोमबार

गृहमन्त्री सुधन गुरुङ राति नै आइपुगे झापा, सुरक्षा निकाय 'हाइ अलर्ट'

sajilo news
झापा
२०८३ असार २१ गते , आईतबार
गृहमन्त्री सुधन गुरुङ राति नै आइपुगे झापा, सुरक्षा निकाय 'हाइ अलर्ट'

कोशी प्रदेशका विभिन्न जिल्ला अनुगमन गर्ने क्रममा गृहमन्त्री सुधन गुरुङ आइतबार राति झापा आइपुगेका छन् । आज साँझ ७ः१५ बजे मोरङ विराटनगर-७ स्थित कोशी अस्पतालबाट गृहमन्त्री गुरुङ बाग्मती बीएसी २६२० नम्बरको स्कोरपिओ गाडी चढेर राति झापाको बिर्तामोड आइपुगेका हुन् ।

राति ९ः५६ बजे अर्जुनधारा नगरपालिका-११ स्थित सालबारी हेरिटेज रिसोर्टमा उनी आइपुगेका छन् । आज राति उनी सोही रिसोर्टमा बस्ने भएका छन् । भोलि उनी जिल्लाका विभिन्न स्थानमा अनुगमन गर्ने कार्यक्रम रहेपनि त्यस बारेमा अग्रिम सूचना भने सुरक्षा निकायलाई छैन । उनी झापा आएपछि जिल्लाका सुरक्षा निकाय 'हाइ अलर्ट'मा रहेको जनाइएको छ ।  उनी शनिवार विराटनगर आएपछि पूर्वका जिल्लाहरू म्याराथन दौड शैलीमा अनुगमन गरिरहेका छन् ।  

सम्बन्धित समाचार