२०८३ असार १९ गते , शुक्रबार

प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

sajilo news
रासस
२०८३ असार १८ गते , विहीबार
प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा दुईजना पक्राउ

चितवन । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतमाथि बिहीबार उनकै कार्यकक्षमा आक्रमण भएको छ। कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार उनीहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो। दुवै जनालाई चितवन ल्याइँदै छ। प्रमुख प्रशासकीय अधिकृत बस्नेतले आज बिहान केही व्यक्तिले कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर आफूमाथि सामूहिक रूपमा आक्रमण गरेको बताए।

घाइते बस्नेतको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उनका अनुसार घटनापछि कर्मचारीले दोषीलाई कारबाहीको माग गर्दै काम बन्द गरेका थिए।

 

सम्बन्धित समाचार