२०८३ असार १९ गते , शुक्रबार

विद्यार्थीकै मतले बेलायतको नम्बर १ बन्यो बीपीपी युनिभर्सिटी

sajilo news
झापा
२०८३ असार १८ गते , विहीबार
विद्यार्थीकै मतले बेलायतको नम्बर १ बन्यो बीपीपी युनिभर्सिटी

बीपीपी युनिर्भसीटीले बेलायतको सर्वश्रेष्ठ बेलायती विश्वविद्यालय अवार्ड जितेको छ । स्टुडेन्टक्राउडले सार्वजनिक गरेको उत्कृष्ट २० विश्वविद्यालयहरूको सूचीमा समावेश हुँदै बेलायतको BPP University ले सर्वश्रेष्ठ विश्वविद्यालयको अवार्ड जितेको हो ।

बेलायतको सबैभन्दा विश्वासिलो स्टुडेण्ड रिभ्यु प्लेटफर्म स्टुडेन्टक्राउडमा वास्तविक विद्यार्थीहरूले गरेको मतदान अनुसार विपिपि विश्वविद्यालयले २०२६ का लागि पहिलो स्थान हासिल गरेको हो ।

वास्तविक विद्यार्थीहरूले दिएको रिभ्यु र र्याङ्किङको आधारमा यो सूची तयार पारिएको स्टुडेन्टक्राउडले जनाएको छ । BPP University को overall student rating ५ मा ४.५४ ल्याएर पहिलो भएको हो । विश्वविद्यालयकाे रिभ्युमा विद्यार्थीहरूले लेखेका छन्, “BPP विश्वविद्यालयमा मेरो समग्र अनुभव धेरै सकारात्मक रहेको छ ।

विश्वविद्यालयले सहयोगी कर्मचारी र राम्रो शैक्षिक स्रोतहरू सहितको सहयोगी सिकाइ वातावरण प्रदान गर्दछ। एक अन्तर्राष्ट्रिय विद्यार्थीको रूपमा, मैले वातावरणलाई स्वागतयोग्य, शैक्षिक र व्यक्तिगत विकास दुवैको लागि उपयुक्त पाएँ।”

विपिपि विश्वविद्यालय उत्कृष्ट घोषणा भएपछि नेपालमा मार्केटिङ गरिरहेका विश्वविद्यालयका प्रतिनिधिहरूले भव्य स्वागत गरेका छन् । विश्वविद्यालयको कन्ट्री म्यानेजर तथा द अफिसियल रिप्रिजेन्टेटिभका प्रतिनिधि शिव केसीले विश्वविद्यालयको सुविधाकै आधारमा उत्कृष्ट बनेको बताउँदै अगस्ट इन्टेक २०२६ का लागि विद्यार्थी भर्ना गर्न शैक्षिक कन्सल्टेन्सीलाई अनुरोध गरेका छन् ।

 

BPP का प्रमुख विशेषताहरू:

– Number 1 Best UK University 2026 — StudentCrowd (Real Student Votes)
– TEF Gold UK सरकारको Teaching Excellence Framework मा Gold Award
– QAA Accredited — UK को Quality Assurance Agency द्वारा मान्यता प्राप्त
– AACSB Accredited — Business School को लागि विश्वको सर्वोच्च accreditation
– Block Teaching Model — एक पटकमा एउटा subject, deep learning को लागि
– Strong Graduate Employability — Big Four firms, global law firms, leading financial institutions मा BPP graduates
– International Student Friendly — Diverse, welcoming campus environment

यी हुन् बेलायतका उत्कृष्ट २० विश्वविद्यालयहरू

BPP University
Queen’s University Belfast (QUB)
University of Leeds
University of Strathclyde
University of Warwick
University of Liverpool
University of Birmingham
The University of Glasgow
Liverpool John Moores University (LJMU)
London School of Economics and Political Sciences (LSE)
The University of Lancashire
Imperial College London
Ulster University
niversity of Bath
University of Bristol
Sheffield Hallam University
Robert Gordon University (RGU)
University of Edinburgh
Aston University
University of Aberdeen

सम्बन्धित समाचार