२०८३ असार २० गते , शनिबार

झापा गाउँपालिकामा २५ ग्राम ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

sajilo news
झापा
२०८३ असार १८ गते , विहीबार
झापा गाउँपालिकामा २५ ग्राम ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ

दक्षिणी सीमावर्ती झापा गाउँपालिकामा २५ ग्राम ब्राउन सुगरसहित दुई कारोबारी पक्राउ परेका छन् । बुधवार साँझ साढे ६ बजे झापा गाउँपालिका-४ चौधरी टोलमा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका दमक नगरपालिका-८ का ३७ वर्षीय चन्द्रबहादुर तामाङ र भारत किशनगञ्ज दिघलबैंक थाना कुतुवाभिट्टाका १९ वर्षीय अब्दुल रहमानलाई पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा उनीहरूको साथबाट कालो प्लास्टिकले पोका पारी लुकाइछिपाई ल्याउँदै गरेको प्लास्टिकबाहेक २५ ग्राम १९ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार