२०८३ असार १८ गते , विहीबार

मेचीनगरको कालिका सिमसारमा खैरो हेरोइनसहित दुई जना पक्राउ

sajilo news
झापा
२०८३ असार १७ गते , बुधबार
मेचीनगरको कालिका सिमसारमा खैरो हेरोइनसहित दुई जना पक्राउ

झापाको मेचीनगर नगरपालिका–११ स्थित कालिका सिमसार क्षेत्रबाट प्रहरीले खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार हिजो दिउँसो करिब ४ बजे प्रहरी चौकी चारआलीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक कुमार खड्काको कमाण्डमा खटिएको टोलीले कालिका सिमसारस्थित जंगल क्षेत्रमा चार जना पुरुषलाई शंकास्पद अवस्थामा देखेपछि नियन्त्रणमा लिन खोजेको थियो। त्यसक्रममा दुई जना भागेर फरार भएका थिए भने मेचीनगर–११ निवासी २८ वर्षीय आकाश माङ्मु लिम्बु तुम्वापो र २७ वर्षीय देवीप्रसाद बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले शरीर तथा घटनास्थलमा खानतलासी गर्ने क्रममा देवीप्रसाद बस्नेतले भुइँमा थिची लुकाइराखेको अवस्थामा २८ वटा साना प्लास्टिकका पोकामा राखिएको खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ बरामद गरेको छ। उक्त पदार्थको तौल प्लास्टिकसहित ५ ग्राम २४० मिलिग्राम र प्लास्टिकबाहेक १ ग्राम ३१० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। यस्तै, पक्राउ परेका आकाश माङ्मु लिम्बु तुम्वापोको साथबाट दुई थान मोबाइल फोन पनि बरामद गरिएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार