२०८३ असार १७ गते , बुधबार

मेचीनगरमा एक पुरुषको शव फेला, नहरले बगाएको आशंका

sajilo news
झापा
२०८३ असार १६ गते , मंगलबार
मेचीनगरमा एक पुरुषको शव फेला, नहरले बगाएको आशंका

झापाको मेचीनगर नगरपालिका–७ स्थित गोमनसरी नजिक पानीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मृतक सोही ठाउँका अन्दाजी ५० वर्षीय सञ्जय सोरेन रहेको प्रहरीले जनाएको छ । मृतक सोरेनको शव उनकी छोरीले सनाखत गरेका हुन् ।

शव फेला परेपछि इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरेको छ।  प्रहरीका अनुसार घटनास्थल नजिकै पालिया नहर रहेकाले नहरमा डुबेर बगिएपछि शव उक्त स्थानमा पुगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। स्थानीयका अनुसार सोरेन दैनिक ज्यालादारी मजदुरी गर्दै जीविकोपार्जन गर्दै आएका थिए।

सम्बन्धित समाचार