२०८३ असार १७ गते , बुधबार
मेचीनगरमा तास खेलिरहेका चारजना नगदसहित पक्राउ
झापाको मेचीनगर नगरपालिका–१० स्थित लक्ष्मी कोल्ड स्टोरको पछाडिपट्टिको कोठामा तास खेलिरहेका चार जनालाई नगद र ताससहित प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीनगर–१० का ३५ वर्षीय पञ्चनारायण राजवंशी, मेचीनगर–११ का ५० वर्षीय तेजराज प्रसाईँ, लक्ष्मी कोल्ड स्टोरका सञ्चालक ४२ वर्षीय रामपत राजवंशी तथा भद्रपुर नगरपालिका–२ का ५६ वर्षीय कालुमान लिम्बू रहेका छन् । गोप्य सूचनाका आधारमा इन्स्पेक्टर दुर्गाबहादुर भट्टराईको नेतृत्वमा खटिएको टोलीले छापा मार्दा उनीहरू जुवा खेलिरहेको अवस्थामा फेला परेका हुन् ।
तासको खालबाट प्रहरीले १ लाख ५२ हजार ४५० रुपैयाँ नगद र ११ बुङ तास बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि राखिएको प्रहरीले जनाएको छ ।