लियो क्लब अफ भद्रपुरको अध्यक्षमा आराध्या
भद्रपुर । लियो क्लब अफ भद्रपुरको अध्यक्षमा भद्रपुर–८ निवासी आराध्या प्याकुरेल सर्वसम्मत रूपमा चयन भएकी छन्। क्लबको वार्षिक साधारणसभा (एजीएम) बाट सन् २०२६/२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिअनुसार प्रथम उपाध्यक्षमा प्रतीक साह रौनियार, द्वितीय उपाध्यक्षमा आदित्य दास, सचिवमा आरोग्य तिम्सिना तथा कोषाध्यक्षमा रिदिप अधिकारी चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा मनीष पौडेल, शुभम् कर्ण, सुस्मिता राई, कुशल महत, भारती शर्मा, सुन्दरम चौधरी, यथार्थ कार्की र आयुषा पोखरेल सर्वसम्मत रूपमा चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष आराध्या प्याकुरेलले आफ्नो कार्यकालमा क्लबलाई थप ऊर्जावान्, प्रभावकारी र गतिशील बनाउँदै सेवामूलक गतिविधिलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले "Leadership Beyond Limits, Service Beyond Self" भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै समाजसेवासँगै लियो सदस्यहरूको नेतृत्व क्षमता अभिवृद्धि र व्यक्तित्व विकासलाई प्राथमिकतामा राखिने बताइन्।
उनले आफ्नो कार्यकालका प्रमुख प्राथमिकतामा वातावरण संरक्षण, सामाजिक सशक्तीकरण, नेतृत्व विकास, मानवीय सेवा तथा युवा र खेलकुद क्षेत्रलाई समेट्ने योजना अघि सारेकी छन्।
अध्यक्ष प्याकुरेलले क्लबका सबै सदस्यको सृजनशीलता, सहकार्य र सक्रिय सहभागितालाई प्रोत्साहन गर्दै क्लबलाई समाजमा सकारात्मक परिवर्तनको संवाहक तथा नेतृत्व विकासको उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छन्।