२०८३ असार १५ गते , सोमबार

झापा आउँदै गरेको ट्रक इलाममा खस्यो, चालक सकुशल

sajilo news
झापा
२०८३ असार १५ गते , सोमबार
झापा आउँदै गरेको ट्रक इलाममा खस्यो, चालक सकुशल

इलामबाट झापातर्फ आउँदै गरेको ट्रक सडकबाट खसेर दुर्घटना भएको छ । आज दिउँसो ३ः५० बजे इलाम नगरपालिका– ९ राजदुवालीस्थित मेची राजमार्गमा इलामबाट झापातर्फ आउँदै गरेको प्र१–०१–००१ ख ३८७३ नं. को गोलिया लोड गरेको ट्रक आफै अनियन्त्रित भई सडकबाट अन्दाजी सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । चालक झापा मेचीनगर-१३ बस्ने ३६ वर्षीय प्रकाश तिमल्सिनालाई केही नभएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार