२०८३ असार १२ गते , शुक्रबार

२०८ ग्राम ब्राउनसुगर र नगद एक लाख ८२ हजारसहित दुई जना पक्राउ

sajilo news
झापा
२०८३ असार १२ गते , शुक्रबार
२०८ ग्राम ब्राउनसुगर र नगद एक लाख ८२ हजारसहित दुई जना पक्राउ

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ भरौलबाट प्रहरीले २०८ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । बिहीबार राति प्रहरीले भरौलस्थित ३८ वर्षीय विष्णु धामीको घरमा लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोली र इलाका प्रहरी कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले छापा मारेको थियो ।

घरमा गरिएको खानतलासीका क्रममा विष्णु धामीको साथबाट ब्राउन सुगर २०८ ग्राम तथा एक लाख ८२ हजार ५०० नगद बरामद भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट विष्णु धामीसँगै सोही कोठामा रहेका ३३ वर्षीय रुद्रबहादुर सुबेदीलाई पनि नियन्त्रणमा लिइएको छ ।

बरामद लागूऔषध, नगद तथा दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

सम्बन्धित समाचार