२०८३ असार १० गते , बुधबार
सर्पले डस्दा एक जनाको मृत्यु
मोरङको रंगेलीमा सर्पले डस्दा एक जना पुरुषको मृत्यु भएको छ। रंगेली नगरपालिका-८ दर्वेशाका अन्दाजी ५५ वर्षीय झमलाल ताजपुरियाको मृत्यु भएको प्रहरीले जनाएको छ। घरको सरसफाइ गर्ने क्रममा आज अपरान्ह ४:४५ बजेतिर उनको दाहिने खुट्टामा सर्पले टोकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सर्पले टोकेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ। चिकित्सकले सर्पको डसाइबाटै उनको मृत्यु भएको जानकारी प्रहरीलाई दिएका छन्।