२०८३ असार १० गते , बुधबार

मोटरसाइकलको सिट कभरभित्र ब्राउन सुगर, झापामा तीन जना पक्राउ

sajilo news
झापा
२०८३ असार १० गते , बुधबार
मोटरसाइकलको सिट कभरभित्र ब्राउन सुगर, झापामा तीन जना पक्राउ

झापा गाउँपालिका–४ स्थित टाघनडुब्बामा लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।  प्रहरी चौकी टाघनडुब्बाबाट प्रहरी नायब निरीक्षक कृष्ण गिरीको कमान्डमा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-०१२ प ६३७९ नम्बरको मोटरसाइकललाई शङ्कास्पद अवस्थामा रोकी जाँच गर्दा लागूऔषध बरामद गरेको हो।

चेकजाँचका क्रममा मोटरसाइकल चालक कमल गाउँपालिका–७ निवासी २७ वर्षीय सनम धिमालले मोटरसाइकलको पछाडिको सिट कभरभित्र लुकाइछिपाइ ल्याएको प्लास्टिकबाहेक ६ ग्राम २३ मिलिग्राम ब्राउन सुगर फेला परेको छ। 

सोही मोटरसाइकलमा सवार कमल गाउँपालिका–६ निवासी २० वर्षीय प्रदीप दासलाई पनि नियन्त्रणमा लिइएको छ। साथै पैदल हिँडिरहेका हल्दिबारी गाउँपालिका–३ निवासी १५ वर्षीय प्रितम तामाङको साथबाट पनि प्लास्टिकबाहेक १ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर फेला परेको छ। प्रहरीले लागूऔषध, मोटरसाइकल तथा संलग्न तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार