२०८३ असार ८ गते , सोमबार
किराना पसलमा चोरी गर्दैगर्दा एक युवक पक्राउ
झापा गाउँपालिका–४ टाँघनडुब्बाको मंगलबारे बजारस्थित एक किराना पसलमा चोरी गर्दै गर्दा एक युवक पक्राउ परेका छन् । चोरलाई स्थानीयवासीले रंगेहात पक्राउ गरी प्रहरीको जिम्मा लगाएका छन्।
गएराति करिब १०ः४० बजे स्थानीय व्यवसायी विमल शाहको किराना पसलको पछाडिको भाग फुटाएर चोरी गर्ने प्रयास गरिरहेको अवस्थामा झापा गाउँपालिका–४ स्थित सुकुम्बासी बस्तीका १८ वर्षीय विवेक हास्दा पक्राउ परेका हुन् ।
स्थानीयले तत्काल टाँघनडुब्बा प्रहरी चौकीमा खबर गरेपछि प्रहरी सहायक निरीक्षक कृष्ण गिरीको नेतृत्वमा पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ। ्