२०८३ असार ७ गते , आईतबार
बिस्कुट किन्न गएकी ११ वर्षकी बालिकामाथि यौन दुर्व्यवहार गर्ने पक्राउ
झापाको कचनकवलमा बिस्कुट किन्न गएकी ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक पसल सञ्चालक पक्राउ परेका छन् ।
आज बिहान ७ः४५ बजे कचनकवकल गाउँपालिका–६ बनियानी बजारमा पसल सञ्चालन गर्दै पसलले स्थानीय ११ वर्षीया बालिका बिस्कुट किन्न पुगेकी थिइन् । पसलले ती बालिकालाई पसलभित्र लगेर हातपात गर्नुका साथै यौन दुर्व्यवहार गरेका थिए ।
बालिकाले रुँदै आफ्ना आमा-बुवालाई घटनाबारे सुनाएपछि दुवै जना अभिभावकहरूले पसल सञ्चालकका छोराको मोबाइलबाट उक्त पसलमा राखेको सीसी क्यामराले खिचेको फुटेज हेर्दा बदनियत तरिकाले यौन दुर्व्यवहार गरेको पुष्टि भएको थियो ।
त्यसपछि इलाका प्रहरी कार्यालय बनियानीलाई जानकारी गराइएको थियो । इलाका प्रहरी कार्यालय बनियानीले पसललेलाई पक्राउ गरी आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाएको छ ।