२०८३ जेष्ठ २९ गते , शुक्रबार

झापामा नेपाल प्रहरीका १० जना इन्स्पेक्टरको एकै पटक सरुवा

sajilo news
झापा
२०८३ जेष्ठ २८ गते , विहीबार
झापामा नेपाल प्रहरीका १० जना इन्स्पेक्टरको एकै पटक सरुवा

गृह मन्त्रालयले झापाका दशसहित एकसाथ ५०९ प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधवार गरेको निर्णय अनुसार एकै साथ यति ठूलो सङ्ख्यामा प्रहरी निरीक्षकहरूको सरुवा भएको हो।

यस क्रममा झापाका दश जना प्रहरी निरीक्षकको सरुवा भएको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत विजय चौहानको प्रहरी वृत्त काठमाडौँ सरुवा भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयमै कार्यरत सुमन बानियाँको मधेस प्रदेश प्रहरी गण जनकपुर, दाछेकी शेर्पाको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौँ , इलाका प्रहरी कार्यालय अनारमनिमा कार्यरत प्रवीण श्रेष्ठको ट्राफिक प्रहरी वृत्त जनसेवा काठमाडौँ , रुपेश राईको कोशी प्रदेश प्रहरी गण विराटनगर ,इलाका प्रहरी कार्यालय दमकमा कार्यरत नवीन राईको गण्डकी प्रदेश प्रहरी गण पोखरा , विपन विश्वकर्माको इलाका प्रहरी कार्यालय छिन्ताङ धनकुटा, इलाका प्रहरी कार्यालय गौरीगंजमा कार्यरत भुवनबाबु खड्काको नेपाल प्रहरी सशस्त्र प्रहरी गण नक्साल काठमाडौँ र इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत वीरेन्द्रकुमार कोइरालाको नेपाल प्रहरी विशेष सुरक्षा गण जनकपुर सरुवा भएको छ ।

सम्बन्धित समाचार