२०८३ जेष्ठ २७ गते , बुधबार
फिलिपिन्समा भूकम्पले मृत्यु हुनेको सङ्ख्या ३५ पुग्यो
फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेहरूको सङ्ख्या ३५ पुगेको छ । दक्षिणी फिलिपिन्समा हिजो बिहान गएको ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पमा परी १२जना बेपत्ता रहेको र १३४ जना घाइते भएको बीबीसीले जनाएको छ । भूकम्पबाट १० हजार परिवार विस्थापित भएका छन् ।
भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्री तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो । यो टापु माछाका लागि प्रख्यात छ ।फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड साइज्मोलोजीले मिन्डानाओका ६ वटा क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरिएको बताएको छ ।