२०८३ जेष्ठ २० गते , बुधबार
मेचीनगरमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
झापाको मेचीनगर नगरपालिका–७ सतीघट्टामा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बेलुका करिब ५:२५ बजे मे १ क ३९१ नम्बरको होली बेल इङ्लिस स्कुलको बस र मे ९ प ९००४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो।
मृतकहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन। दुवै जनाको शव पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्न भद्रपुरस्थित मेची प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।