२०८३ जेष्ठ २० गते , बुधबार
झापाको टाघनडुब्बामा ब्राउन सुगरसहित दुईजना पक्राउ
झापाको टाघनडुब्बामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ परेका छन् । पक्राउ परेकाहरूको साथबाट १४ ग्राम ७१ मिलिग्राम ब्राउन सुगर फेला परेको छ। हिजो साँझ ६ः३० बजे झापा गाउँपालिका ४ टाघनडुब्बामा प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ
पैदल आउँदै गरेका पैदल यात्रीलाई शंका लागेर चेकजाँच गर्दा दमक १० बस्ने ३२ वर्षीय सुरज रायले कालो प्लास्टिकमा पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकबाहेक ६ ग्राम १ मिलिग्राम र मोरङ विराटनगर ३ बस्ने ४२ वर्षीय बाबुराम दर्जीको साथबाट प्लास्टिकबाहेक ८ ग्राम ७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
जम्मा १४ ग्राम ८१ मिलिग्राम ब्राउन सुगरसहित दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी निरीक्षक सुमन बानियाले जानकारी दिएका छन्