२०८३ जेष्ठ १९ गते , मंगलबार

दमककी रमा हत्या प्रकरण : 'ब्वाइफ्रेन्ड' पक्राउ

sajilo news
झापा
२०८३ जेष्ठ १९ गते , मंगलबार
दमककी रमा हत्या प्रकरण : 'ब्वाइफ्रेन्ड' पक्राउ

दमक । नियोजित ढंगले हत्या गरेपछि बोरामा हालेर रतुवा पुलमाथिबाट फालेकी रमा तिवारीको हत्याको आरोपमा उनका केटा साथी पक्राउ परेका छन् ।

दमक ठेगाना भएका रमाको ब्वायफ्रेण्ड हिजो पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेका युवकको पहिचान सार्वजनिक गरिसकेको छैन । रतुवा खोलामा शनिवार शव भेटिएकी दमक ८ बसन्त टोलकी रमा भनिने रमा तिवारी केटा साथीसँग भेट्न आमासँग अनुमति मागेर घर बाहिर निस्किएकी थिइन् ।

आमा मुना तिवारीका अनुसार जेठ १३ गते राति एकाएक रमाको मोबाइलमा उनका केटा साथीले फोन गरेर भेट्न बोलाएका थिए ।रमा र ती केटा साथीबीच नजिकको साथीको सम्बन्ध थियो । गर्लफ्रेन्ड – ब्वायफ्रेण्डकै रुपमा उनीहरुबीचको सम्बन्धलाई तिवारी परिवारले लिएका थिए । उनीहरुबीच भेटघाट र कुराकानी हुन नपाएको लामै समय बितिसकेको थियो । केटा साथीलाई उनको परिवारले लागूऔषधको कुलतबाट मुक्त गराउन एक सुधार केन्द्रमा राखिदिएका थिए ।

१३ जेठको साँझमा नै केटा साथी सुधार गृहमा तोकिएको कोर्ष पुरा गरेर बाहिर निस्किएका थिए । उनले बाहिर निस्किनसाथ रमासँग सम्पर्क गरेर भेट्न बोलाएको मृतक रमाकी आमा मुना तिवारीले सार्वजनिक गरेकी छिन् । घरबाट निस्किएको पाँच दिनपछि रमाकी आमाले छोरीको शव देखेपछि पहिचान गरेकी हुन् ।

आमा मुनासँगै बुवा नारायण तिवारीले पनि रमाको शव सनाखत गरे । उनको सोमबार परिवारले दाहसंस्कार गरेका छन् । रमा हत्याकाण्डको अनुसन्धाननजिक पुगेको प्रहरीले जनाएको छ । केही दिनमै प्रहरीले घटनाको दोषी सार्वजनिक गर्न लागेको बुझिएको छ ।

 

सम्बन्धित समाचार