२०८३ जेष्ठ १८ गते , सोमबार

ब्राउन सुगर किन्न काठमाडौँदेखि झापाका सीमा नाकासम्म पुग्छन् कारोबारी

sajilo news
रासस
२०८३ जेष्ठ १८ गते , सोमबार
ब्राउन सुगर किन्न काठमाडौँदेखि झापाका सीमा नाकासम्म पुग्छन् कारोबारी

झापामा लागूऔषध ओसारपसार गर्नका लागि काठमाडौँदेखि कारोबारी आउने गरेका छन् ।  काठमाडौँका कारोबारीहरू लागूऔषधको कारोबार गर्न काँकडभिट्टा, भद्रपुर नाका, झापा गाउँपालिकाको लसुना नाका, गौरीगंज नाका आउने गरेका छन् । 

हिजो दिउँसो साढे १  बजे लागूऔषध ब्युरो कार्यालय काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर ६ मेचीडाँडामा भारतबाट मेची खोलाको बाटो हुँदै पैदल नेपालतर्फ आउँदै गरेका काठमाडौँ शंखरापुर नगरपालिका ८ बस्ने ३२ वर्षीय रोशन कार्कीलाई लागूऔषधसहित पक्राउ गरेको छ ।

शंका लागेर चेकजाँच गर्ने क्रममा उनले लगाएको बक्स पेन्टको दाहिनेपट्टिको गोजीमा सेतो रङ्गको प्लास्टिकको डल्लोभित्र प्लास्टिकसहित ५३ ८०० मिलिग्राम र प्लास्टिकबाहेक ४८ ग्राम ६० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । कार्कीले प्रयोग गर्ने आइफोन १६ प्रोम्याक्स र ८ हजार नगदसमेत बरामद भएको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

सम्बन्धित समाचार