२०८३ जेष्ठ १७ गते , आईतबार
झापाको कनकाईबाट मल र माछा बरामद
झापाको कनकाईबाट बेवारिसे अवस्थामा मल र माछा बरामद गरिएको छ । कनकाई नगरपालिका-५ चप्रामारीबाट बेवारिसे अवस्थामा १४० केजी माछा र २२ बोरा मल इलाका प्रहरी कार्यालय सुरुङ्गाको गस्ती टोलीले बरामद गरेको हो । \
मललाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोड पठाइएको छ । विभिन्न जातका माछाको अन्दाजी मुल्य ५६ हजार रुपैयाँ रहेको छ ।
माछालाई कनकाई- ३ का वडा सदस्य अनिलकुमार गोयल, पत्रकार र स्थानीयको रोहबरमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्राङ्गणमा नष्ट गरिएको छ । ती मल र माछा अवैधरुपमा भारतबाट भित्र्याइएको थियो ।