२०८३ जेष्ठ १० गते , आईतबार

“भद्रपुर तारा सिजन–२” अडिसन राउण्ड सुरु, पहिलो चरणमा १४ छनोट

sajilo news
झापा
२०८३ जेष्ठ ९ गते , शनिबार
“भद्रपुर तारा सिजन–२” अडिसन राउण्ड सुरु, पहिलो चरणमा १४ छनोट

भद्रपुर । “भद्रपुर तारा सिजन–२” गायन तथा नृत्यतर्फको अडिसन राउण्ड सुरु भएको छ ।  भद्रपुर कला, साहित्य तथा संगीत प्रज्ञा प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको भद्रपुर नगरपालिका स्तरीय  “भद्रपुर तारा सिजन–२” गायन तथा नृत्य प्रतियोगिताअन्तर्गत पहिलो चरणको अडिसनबाट विभिन्न प्रतियोगी छनोट भएका छन् ।

जेठ ७ गते भद्रपुर–२ स्थित सगरमाथामा सम्पन्न अडिसनमा ३५ जना प्रतियोगी सहभागी भएका थिए । प्रतियोगिताबाट गायनतर्फ ५ जना तथा नृत्यतर्फ ९ जना प्रतियोगी आगामी चरणका लागि छनोट भएको आयोजकले जनाएको छ । गायनतर्फ भद्रपुर–१ का मिलन विश्वकर्मा, भद्रपुर–२ की शुभद्रा लिम्बु र सजना खतिवडा, भद्रपुर–३ का रहिम बस्नेत तथा भद्रपुर–१ का रोशन मिश्र छनोट भएका छन् ।

यस्तै, नृत्यतर्फ भद्रपुर–४ की सप्पमा लिम्बु, भद्रपुर–१ की मान्यता प्रधान, भद्रपुर–२ की रेजिना श्रेष्ठ, सिर्जूँ श्रेष्ठ, चाहना राई, सरस्वती राई, अञ्जली सेलिङ र युनिशा शिवाकोटी तथा भद्रपुर–३ की स्वस्तिका दर्जी छनोट भएका छन् । दोस्रो चरणको अडिसन जेठ १४ गते वीरेन्द्र मावि र तेस्रो चरणको अडिसन जेठ १८ गते एसएस निकेतन अङ्ग्रेजी माविमा हुने कार्यक्रम सञ्चालन समितिका सदस्य सचिव कुमार अनुरागीले जानकारी दिए । गायन र नृत्य दुवैतर्फ प्रथम, द्वितीय, तृतीय सान्त्वना हुनेहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र एक हजारले पुरस्कृत गरिनेछ । प्रतियोगिताको ग्राण्ड फिनाले जेठ २३ गते एयरपोर्ट होटेलमा हुने सदस्य सचिव अनुरागीको भनाई छ । 

 

सम्बन्धित समाचार