२०८३ भाद्र ८ गते , सोमबार

बंगालको खाडीमा मालबहाक पानीजहाज डुब्यो, २२ जना बेपत्ता

sajilo news
एजेन्सी
२०८३ भाद्र ७ गते , आईतबार
बंगालको खाडीमा मालबहाक पानीजहाज डुब्यो, २२ जना बेपत्ता

बंगालको खाडीमा पानामाको झण्डा बोकेको मालवाहक जहाज ओसियन विनर डुब्दा चालक दलका अधिकांश सदस्य बेपत्ता भएका छन्।  भारतीय अधिकारीहरूका अनुसार जहाजमा सवार २४ जनामध्ये दुई जनाको उद्धार गरिएको छ भने बाँकीको खोजी भइरहेको छ। 
भारतको ओडिशास्थित पारादीप तटबाट करिब ४ सय ४४ किलोमिटर टाढा जहाज डुबेको हो । जहाजमा २० जना चिनियाँ, तीन जना म्यानमारका र एक जना बंगलादेशी नागरिक रहेको बताइएको छ। 

दुर्घटनापछि भारतीय तटरक्षक बलको जहाजसँग सम्पर्क टुटेको थियो । त्यसपछि भारतीय तटरक्षक बल र नौसेनाले खोज तथा उद्धार अभियान सुरु गरेका छन्। 

उद्धारका लागि श्री विजयपुरमबाट दुईवटा जहाज परिचालन गरिएको छ। अधिकारीहरूका अनुसार ‘ओसियन विनर’ ओडिशाबाट फलामको अयस्क बोकेर सिंगापुरतर्फ जाँदै थियो। 

जहाज बिहीबार पारादीप बन्दरगाहबाट छुटेको थियो। दुर्घटनाको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। सन् १९९८ मा बनेको यो बल्क क्यारियर जहाज करिब २ सय २५ मिटर लामो र ३२ मिटर चौडा छ । यसको सामान बोक्ने क्षमता करिब ७२ हजार ९ सय २८ टन रहेको बताइएको छ।

सम्बन्धित समाचार