२०८३ भाद्र ८ गते , सोमबार

झापामा ब्राउन सुगर र गाँजासहित दुईजना पक्राउ

sajilo news
झापा
२०८३ भाद्र ७ गते , आईतबार
झापामा ब्राउन सुगर र गाँजासहित दुईजना पक्राउ

झापाको कनकाई नगरपालिकामा लागू औषध ब्राउन सुगर र गाँजासहित दुईजना पक्राउ परेका छन् । गएराति ९ बजे कनकाई नगरपालिका-५ डाँडागाउँ बस्ने २२ वर्षीय सुमनराज प्रसाईँ र सोही ठाउँ बस्ने ३० वर्षीय सिताराम तिवारीलाई लागू औषधसहित पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक रवि राईको कमान्डमा गएको टोलीले तिवारीको घरबाट उनीहरूलाई प्लास्टिकको ३० पोकामा बेच्न तयार पारेको ६ ग्राम ६७० मिलिग्राम ब्राउन सुगर र ३४ ग्राम गाँजासहित पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित समाचार