२०८३ जेष्ठ ७ गते , विहीबार

मिस नेपाल २०२६ का लागि आवेदन खुला

sajilo news
काठमाडौं
२०८३ जेष्ठ ७ गते , विहीबार
मिस नेपाल २०२६ का लागि आवेदन खुला

द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ। नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएको छ। आवेदन दिने अन्तिम मिति जेठ २५, २०८३ (२०२६ जुन ०८) सम्म रहेको छ।

मिस नेपाल २०२६ को ग्राण्ड फिनाले २०८३, श्रावण १६ गते शनिवार (२०२६ अगस्ट ०१) पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ। ग्राण्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।

मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षीय हुनुपर्छ। आवेदकसँग नेपाली नागरिकता हुनुपर्छ। विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डको साथ आवेदन दिन सक्नेछन्। दर्ता निःशुल्क छ।

यस वर्षको प्रतियोगिताबाट ३ जना विजेताहरू घोषणा गरिनेछन्— मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल। द हिडन ट्रेजरले कज्यारिया रमेश टाइल्स लिमिटेड कम्पनीलाई मुख्य शीर्ष प्रायोजक तथा श्री नटराज ज्वेलर्सलाई सह(प्रायोजकका रूपमा भित्र्याएको छ। नटराज ज्वेलर्स गत वर्षदेखि क्राउन पार्टनर पनि हो।

मिस नेपालको खोज देशका विभिन्न सहरहरू— विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा सञ्चालन गरिने भएको छ। साथै, यस अवधिमा काठमाडौंका १० कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ।

अन्तिम अडिसन जेठ २९, २०८३ (२०२६ जुन १२) मा काठमाडौंमा आयोजना हुनेछ। छनोट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार