२०८३ जेष्ठ ४ गते , सोमबार

झापाको गौरादहमा पैनीमा डुबेर एक वृद्धको मृत्यु

sajilo news
झापा
२०८३ जेष्ठ ३ गते , आईतबार
झापाको गौरादहमा पैनीमा डुबेर एक वृद्धको मृत्यु

झापाको गौरादहमा पैनीको पानीमा डुबेर एक वृद्धको मृत्यु भएको छ । आज दिउँसो ४:४५ बजे गौरादह-२ सिटिया टोलस्थित बाटो छेउको पैनीमा डुबेर ६० वर्षीय बाबुराम हस्दाको मृत्यु भएको हो । मोरङ पथरी शनिश्चरे-५ मौलीबारी स्थायी वतन भई हाल विगत ७ वर्षदेखि उनी गौरादह-२ लोदावारीस्थित छोरी सविना हस्दाको घरमा बस्दै आएका थिए ।

हस्दालाई पैनीमा घोप्टो परी लडिरहेको अवस्थामा स्थानीयले देखेर सोही ठाउँ बस्ने चक्रबहादुर राई र सिरुलाल ताजपुरियासमेतले पैनीबाट बाहिर निकाली हेर्दा उनको मृत्यु भइसकेको थियो । अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकबाट टोली गएको थियो । मृतकको शवको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि मङ्गलवारे अस्पताल मोरङ पठाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार