२०८३ जेष्ठ ४ गते , सोमबार

झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

sajilo news
झापा
२०८३ जेष्ठ ३ गते , आईतबार
झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । आज बिहान साढे १० बजे अर्जुनधारा नगरपालिका-४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडक खण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे ४ प ७१९६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक कनकाई नगरपालिका–४ का ३५ वर्षीय मनोज कुमाल गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा त्यहाँबाट थप उपचारको लागि नोबेल अस्पताल विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा आज साँझ ७ः२५ बजे नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार