२०८३ जेष्ठ २ गते , शनिबार

झापाका तीन डीएसपीको सरुवा

sajilo news
झापा
२०८३ जेष्ठ २ गते , शनिबार
झापाका तीन डीएसपीको सरुवा

नेपाल प्रहरीले एकै पटक ठुलो सङ्ख्यामा प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ।हिजो साँझ प्रहरी प्रधान कार्यालयले सरुवा सूची प्रकाशन गरेको हो। प्रहरीले एसपीतर्फ ४६ जनाको सरुवा गरेको छ।त्यस्तै डिएसपीतर्फ १४९ जनाको सरुवा सूची प्रकाशन गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्रबहादुर खड्काको काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नं २ महाराजगन्जमा सरुवा भएको छ । उनको ठाउँमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखा रानीपोखरीबाट रञ्जन अवा आउने भएका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठको जिल्ला प्रहरी कार्यालय सिन्धुली सरुवा भएको छ । उनको ठाउँमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगालबाट सन्तोष पाठक आउने भएका छन् ।

त्यस्तै इलाका प्रहरी कार्यालय दमकका डिएसपी किशोर लम्सालको नेपाल प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग तालिम शाखा नक्साल सरुवा भएको छ । उनको ठाउँमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट हरिबहादुर बस्नेत आउने भएका छन् ।त्यस्तै जिल्ला प्रहरी कार्यालय झापामा काजमा खटिएका डिएसपी गुरुप्रसाद तिम्सिनाको इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरी सरुवा भएको छ ।

सम्बन्धित समाचार