२०८३ बैशाख ३० गते , बुधबार

सीमावर्ती क्षेत्रमा दुई थाई नागरिकसहित चार पक्राउ

sajilo news
झापा
२०८३ बैशाख २९ गते , मंगलबार
सीमावर्ती क्षेत्रमा दुई थाई नागरिकसहित चार पक्राउ

नेपाल– भारत सीमामा दुई थाई नागरिकसहित चार जना पक्राउ परेका छन् । झापा हुँदै नेपालबाट भारत प्रवेश गर्न खोज्दा उनीहरू पक्राउ परेको बताइएको छ । एसएसबी रानीडाँगा ४१औं बटालियन अन्तर्गत बीओपी मदनजोतका जवानहरूले शनिबार बिहान करिब ५ः३० बजे नेपाल–भारत सिमानासँगै भारतीय पिलर नम्बर ८८/०८ नजिक रतखोला क्षेत्रमा पक्राउ गरेका हुन् । यो क्षेत्र भारतको पश्चिम बंगाल राज्यको दार्जिलिङ जिल्ला अन्तर्गत नक्सलबारी थाना क्षेत्रमा पर्छ।

अभियानको क्रममा क्विक रिस्पोन्स टोलीले २ थाई नागरिक, एक नेपाली नागरिक र एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने थाई महिलामा ४३ वर्षीया नुस्रा किंगवान र ३३ वर्षीया सावनी चलासाई रहेका छन् ।
सीमान्त क्षेत्रमा तेस्रो देशका नागरिकहरूको सन्दिग्ध गतिविधिबारे सतर्क रहेको भारतीय सुरक्षा एजेन्सीहरूले जनाएका छन् । यस क्रममा भारतको सशस्त्र सीमा बल (एसएसबी) ले सिमाना क्षेत्रमा विशेष अभियान चलाउँदै दुई थाई नागरिकसहित चार जनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा भारतीय सुरक्षा एजेन्सीहरूले ‘थाई मसाज’ चलाउने दुवै महिलाहरू यौन व्यापार नेटवर्कसँग संलग्न हुन सक्छन्। जानकारी अनुसार उनीहरू अनधिकृत भौगोलिक मार्ग प्रयोग गरेर भारत प्रवेश गर्ने प्रयास गर्दै थिए।

उनीहरूसँग एउटा कार, धेरै मोबाइल फोन, पासपोर्ट, आधार कार्ड र अन्य पहिचान सम्बन्धी दस्ताबेजहरू पनि बरामद गरिएको छ। सीमा क्षेत्रका बढ्दो अन्तर्राष्ट्रिय गतिविधि र मानव तस्करी जस्ता क्रियाकलापलाई ध्यानमा राख्दै सुरक्षा एजेन्सीहरूले त्यस घटनालाई गम्भीरतापूर्वक अनुसन्धान गरिरहेका छन्। पक्राउ परेका सबैलाई कानुनी प्रक्रियाको लागि नक्सलबारी प्रहरीलाई बुझाइएको छ ।

सम्बन्धित समाचार