२०८३ बैशाख २३ गते , बुधबार
झापाको दमक बसपार्कमा आगलागी
झापाको दमक बसपार्कमा आगलागी भएको छ। आज बिहान ४:४५ बजे दमक नगरपालिका-६ बर्सपार्कस्थित दमक नगरपालिकाको टहरामा होम खड्काले सञ्चालन गरेको ड्रयागन होटलमा विद्युत् सर्ट भई आगलागी हुँदा टहरा पूर्णरूपमा जलेर नष्ट भएको छ ।
छेउमा रहेको जुवेर मियाँको टायर रिसोलिङ सेन्टरमा पनि आगो सल्किएको छ । उनको पसलमा पनि पूर्णरूपमा क्षति भएको छ । छेउमा रहेको दोर्जे तामाङको किराना पसलमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगलागी दमक नगरपालिका, उर्लाबारी नगरपालिका र कमल गाउँपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी र स्थानीयको सहयोगमा ६ बजे पूर्णरूपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाइएको छ ।