पश्चिम बंगालमा १५ वर्षपछि सत्ता परिवर्तन हुँदै, भाजपाको बहुमत आउने निश्चित
भारतको पश्चिम बंगालमा १५ वर्षपछि सत्ता परिवर्तन हुने देखिएको छ । बंगलाको २९३ विधानसभा सिटका लागि मतगणना जारी छ।
प्रारम्भिक नतिजाले रोचक प्रतिस्पर्धा देखाएको छ। हालसम्मको नतिजाअनुसार भारतीय जनता पार्टी (भाजपा) ३० सिटमा विजयी हासिल गरिसकेका छन् भने १७३ सिटमा अगाडि देखिएको छ भने सत्तारूढ तृणमूल काँग्रेस (टीएमसी) ९ सिटमा विजयी हासिल गरेकोमा ७५ सिट अगाडि देखिएको छ । भारतीय राष्ट्रिय काँग्रेस १ सिट विजयी हासिल गरेकोमा एक सिटमा र अन्य दल स्वतन्त्र उम्मेदवार ३ सिटमा अघि छन्।
यसैबीच, भाजपा नेता शुभेन्दु अधिकारीले पश्चिम बंगालमा आफ्नो पार्टीले सरकार बनाउने दाबी गरेका छन्। उनी दुई निर्वाचन क्षेत्र (नन्दीग्राम र भवानीपुर) बाट चुनाव लडेका छन्। भवानीपुरमा उनले वर्तमान मुख्यमन्त्री ममता बनर्जीलाई चुनौती दिएका छन्। मतगणना जारी रहेकोले अन्तिम परिणाम आउन बाँकी छ । प्रारम्भिक नतिजाअनुसार अहिले भाजपाका नेता तथा कार्यकर्ताहरूले विजय उत्सव मनाउन थालिसकेका छन् ।