२०८३ बैशाख २१ गते , सोमबार

झापामा बहुविवाह मुद्दाका फरार प्रतिवादी जोडी १८ वर्षपछि पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १९ गते , शनिबार
झापामा बहुविवाह मुद्दाका फरार प्रतिवादी जोडी १८ वर्षपछि पक्राउ

झापामा बहुविवाह मुद्दाका फरार प्रतिवादी जोडी १८ वर्षपछि पक्राउ परेका छन् । भोजपुर साबिक नागी गाविस-८ घर भएका ५३ वर्षीय सुरेशकुमार राई र उनकी ४९ वर्षीया श्रीमती विष्णु राईलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको हो ।

प्रहरी टोलीले कनकाई नगरपालिका-४ त्रिवेणी टोलमा रहेका उनीहरूलाई घरबाटै पक्राउ गरेको बताइएको छ । अदालतको २०६५ माघ २६ गतेको फैसलाले बहुविवाह मुद्दामा उनीहरूलाई एक वर्ष कैद र ५ हजार जरिवाना तोकिएको थियो ।

सम्बन्धित समाचार