२०८३ बैशाख १९ गते , शनिबार
मलद्वारमा लागूऔषध लुकाएर ल्याउने बुद्धशान्तिका ढकाल पक्राउ
मलद्वारमा लागूऔषध लुकाएर ल्याउने एक युवक झापामा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले गएराति साढे ८ बजे बुद्धशान्ति गाउँपालिका-१ का ३८ वर्षीय हरिप्रसाद ढकाललाई पक्राउ गरेको हो ।
उनले मलद्वारमा प्लास्टिकमा पोको पारी बोकेको अवस्थामा प्लास्टिकबाहेक २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनले बुद्धशान्ति-३ बुधबारे बजारमा मे २ प २८३६ नम्बरको होण्डा साईन मोटरसाइकलमा लागूऔषध बिक्री गर्दै हिँडिरहेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।