२०८३ बैशाख १९ गते , शनिबार

अर्जुनधारामा लागु औषधसहित अटो चालक पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १८ गते , शुक्रबार
अर्जुनधारामा लागु औषधसहित अटो चालक पक्राउ

झापाको अर्जुनधारामा लागु औषधसहित अटो चालक पक्राउ परेका छन् ।  अर्जुनधारा नगरपालिका–५ स्थित कैलाश घाटमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनि र प्रहरी चौकी शनिश्चरेको संयुक्त टोलीले आज दिउँसो करिब १२५० बजे उक्त स्थानमा शङ्का लागी मे १ ह २४४३ नम्बरको अटो रोकेर चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा अटो चालक मोरङ पथरीशनिश्चरे नगरपालिका–५ घर भई हाल अर्जुनधारा–५ बस्दै आएका अन्दाजी २४ वर्षीय सागर दर्जीको साथबाट २ ग्राम ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। दर्जीलाई उक्त लागूऔषध र अटो सहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको जनाइएको छ । 

सम्बन्धित समाचार