२०८३ बैशाख २१ गते , सोमबार
दमकमा लागूऔषध बेच्दै हिडिरहेका युवक पक्राउ
दमकमा लागूऔषध बेच्दै हिडिरहेका एक युवक पक्राउ परेका छन् । हिजो दिउँसो १.४५ बजे दमक-९ मा लागूऔषध ब्राउन सुगर बेचबिखन गर्दै हिडिरहेका दमक-९ बस्ने ३७ वर्षीय मनकुमार लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले लिम्बूको शरीर खानतलासी गर्दा उनले लगाएको हाफ ज्याकेटको देब्रेपट्टिको गोजीमा पोका पारी राखेको अवस्थामा प्लास्टिकसहित ६ ग्राम ३५० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।