२०८३ बैशाख १६ गते , बुधबार

झापाबाट मोटरसाइकल चोरी गरी इलाम लाँदै गर्दा एकजना पक्राउ

sajilo news
झापा
२०८३ बैशाख १६ गते , बुधबार
झापाबाट मोटरसाइकल चोरी गरी इलाम लाँदै गर्दा एकजना पक्राउ

झापाबाट मोटरसाइकल चोरी गरी इलामतर्फ लाँदै गर्दा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर-११ बस्ने वर्ष ३३का तुलसी राजवंशी रहेका छन् ।

मंगलबार बिहान ११ बजे इलामको रोङ गाउँपालिका-४ जोरकलशस्थित मेची राजमार्गमा प्रहरी चौकी किटेनीबाट खटिएको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश०१–०१–०१७प२४५९नम्बरको पल्सर मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा कागजपत्र नभएको उक्त मोटरसाइकल राजवंशीले झापाको धुलाबारीबाट चोरी गरी ल्याएको बुझिएको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ । सो मोटरसाइकल मोटरसाइकल धनी मेचीनगर ९बस्ने राहुल बि.क.ले हराएको भन्दै हिजो इलाका प्रहरी कार्यालय  धुलाबारीमा लिखित निवेदन दिएका थिए ।

सम्बन्धित समाचार