२०८३ बैशाख ५ गते , शनिबार
भद्रपुरमा विद्युत् सर्ट भई आगलागी
झापाको भद्रपुरमा विद्युत् सर्ट भई आगलागी भएको छ । गएराति ११ः२० बजे भद्रपुर नगरपालिका –८ संगम चोक बस्ने गणेश गौतमको तीन तले पक्की घरको पहिलो तलामा अचानक बिजुलीको तार सर्ट भई आगलागी भएको हो ।
घटनाबारे जानकारी प्राप्त भएपछि वडा प्रहरी कार्यालय भद्रपुरको प्रहरी टोली, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो । तत्कालै नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन नपाएको र मिटर बक्स पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।