२०८३ बैशाख ३ गते , विहीबार

विराटनगरमा स्रोत नखुलेको ५ लाखसहित एक भारतीय नागरिक पक्राउ

sajilo news
मोरङ
२०८३ बैशाख ३ गते , विहीबार
विराटनगरमा स्रोत नखुलेको ५ लाखसहित एक भारतीय नागरिक पक्राउ

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित रानी नाकामा सशस्त्र प्रहरीले चेकजाँचका क्रममा स्रोत नखुलेको नगद रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

आज साँझ करिब साढे ६ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म रानी मोरङबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एएन १४३८ नम्बरको टिभिएस कम्पनीको मोटरसाइकललाई शंका लागेर जाँच गरेको थियो ।

जाँचका क्रममा मोटरसाइकल चालक भारत, बिहार राज्य अररिया जिल्ला जोगवनी ग्राम पञ्चायत–१० बस्ने ३० वर्षीय आदेश कुमार चौधरीले लगाएको कपडा, जुत्ताभित्र लुकाइछिपाई राखिएको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैयाँ ५ लाख १ सय ५५ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रले बरामद रकम, मोटरसाइकल, मोबाइल फोन र आवश्यक कागजातसहित चौधरीलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी मोरङ बुझाइएको छ ।

सम्बन्धित समाचार