२०८३ बैशाख २१ गते , सोमबार
वृन्दावनको यमुना नदीमा डुंगा पल्टिँदा १० जनाको मृत्यु
भारतको उत्तरप्रदेशस्थित वृन्दावनको केशी घाट नजिकै यमुना नदीमा डुंगा पल्टिँदा १० जनाको मृत्यु भएको छ। पञ्जाबबाट श्रद्धालुहरू बोकेको डुंगा चलाउने क्रममा अचानक पल्टिएको हो। प्रहरीका अनुसार २२ जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। डुंगामा पञ्जाबका ३० जना सवार थिए।