२०८२ चैत्र २६ गते , विहीबार

सरकारले बढायो सार्वजनिक यातायातको भाडादर

sajilo news
झापा
२०८२ चैत्र २५ गते , बुधबार
सरकारले बढायो सार्वजनिक यातायातको भाडादर

सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उतारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो।

नयाँ व्यवस्था अनुसार यात्रुवाहक सवारी साधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले समायोजन गरिएको छ ।

विशेष गरी इन्धनको मूल्यमा आएको परिवर्तनलाई नै भाडा वृद्धिको मूल आधार मानिएको विभाग स्रोतले बतायो । यो निर्णयसँगै अब सर्वसाधारणले यात्रा गर्दा र सामान ढुवानी गर्दा बढेको नयाँ दर अनुसार नै शुल्क तिर्नुपर्नेछ ।

यातायात व्यवस्था विभागले भाडा समायोजनको स्वीकृतिका लागि मन्त्रालयमा प्रस्ताव पठाएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले भाडा वृद्धिको निर्णय सदर गरेसँगै विभागलाई अनुमति प्राप्त भएको छ । अब विभागले औपचारिक रूपमा सूचना निकालेर जानकारी गराउनेछ ।

सम्बन्धित समाचार