२०८२ चैत्र १५ गते , आईतबार

इरानले गर्‍यो साउदीस्थित अमेरिकी सैन्य अखडामा आक्रमण

sajilo news
एजेन्सी
२०८२ चैत्र १४ गते , शनिबार
इरानले गर्‍यो साउदीस्थित अमेरिकी सैन्य अखडामा आक्रमण

इरानले गरेको ड्रोन तथा क्षेप्यास्त्र आक्रमणमा परी साउदी अरबमा कार्यरत  १२ जना अमेरिकी सैनिक घाइते भएका छन्। अमेरिकी सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका समाचारहरूमा साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा इरानले गरेको आक्रमणमा ती सैनिकहरू घाइते भएका हुन्। ।

यसअघि उक्त घटनामा १० जना घाइते भएको विवरण सार्वजनिक भए पनि पछिल्लो अपडेटमा घाइतेको सङ्ख्या १२ पुगेको उल्लेख गरिएको छ। घाइतेमध्ये दुई सैनिकको अवस्था अत्यन्तै गम्भीर रहेको जनाइएको छ। 'वाल स्ट्रिट जर्नल'का अनुसार आक्रमणको समयमा उनीहरू एयरबेसभित्रै रहेको एक भवनमा थिए।

सिएनएनका अनुसार आक्रमणमा एउटा क्षेप्यास्त्र र कैयौँ ड्रोनहरू प्रयोग गरिएको थियो। आक्रमणबाट अमेरिकी सेनाका केही 'एरियल रिफ्युलिङ' (आकाशमै इन्धन भर्ने) विमानहरूमा समेत क्षति पुगेको छ।

यस घटनाबारे अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र अमेरिकी सेन्ट्रल कमाण्डले हालसम्म आधिकारिक रूपमा कुनै टिप्पणी गरेका छैनन्।

सम्बन्धित समाचार