२०८२ चैत्र १२ गते , विहीबार

भद्रपुरमा वृद्धा आमा कुटपिट गर्ने छोरा पक्राउ

sajilo news
झापा
२०८२ चैत्र १० गते , मंगलबार
भद्रपुरमा वृद्धा आमा कुटपिट गर्ने छोरा पक्राउ

झापाको भद्रपुरमा वृद्धा आमा कुटपिट गर्ने छोरा पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-८ क्याम्पस मोड बस्ने वर्ष ७९ की चन्द्रमाया घिमिरेलाई कुटपिट गर्ने उनका ३७ वर्षीय छोरालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

छोराले हिजो कुटपिट गरेका थिए । स्थानीयले घटनाबारे हिजै प्रहरीलाई जानकारी दिएका थिए । कुटपिटको घटनाबारे भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि छोरालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

उनीमाथि अनुसन्धान भइरहेको र घाइते आमा चन्द्रमायालाई उद्धार गरि स्वास्थ्योपचार भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

सम्बन्धित समाचार