२०८३ बैशाख २ गते , बुधबार
कचनकवलमा सिटी सफारीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
झापाको कचनकवलमा सिटी सफारीसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । हिजो साँझ ६ः३० बजे कचनकवल-४ केचनामा बनियानीबाट लोधाबारी जाँदै गरेको बीआर–११– सी–३०७१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–००२ ह ६४११ नम्बरको सिटी सफारी एकापसमा ठक्कर खाइ दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल-४ बस्ने वर्ष ५० का शुकदेव गणेश गम्भीर घाइते भएका थिए । उनलाई भद्रपुरस्थित ओमसाइ पाथीभरा अस्पतालमा उपचारको लागि पठाइएकोमा अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
इलाका प्रहरी कार्यालय केचनाबाट खटिएको प्रहरी टोलीले सिटी चालक कचनकवल – ४ बस्ने वर्ष १९ का सैजन मियाँ , सिटी र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।