२०८२ चैत्र १२ गते , विहीबार
बिर्तामोड बसपार्कबाट ब्राउन सुगरसहित बुबा-छोरा पक्राउ
यौनधन्दा र लागूऔषध कारोबारको ‘हब’ जस्तै बनेको बिर्तामोड बसपार्कबाट लागूऔषधसहित बुबाछोरा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा बिर्तामोड-५ बस्ने वर्ष ४४ का टिकाराम दियाली र उनका छोरा वर्ष २२ का शिव दियाली रहेका छन् । हिजो दिउँसो ४ बजे बसपार्कस्थित चिया बगानमा लागूऔषधको कारोबार भइरहेको भन्ने जानकारी पाएर अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी सहायक निरीक्षक राजेश पौडेलको कमान्डमा टोली खटिएको थियो ।
मे १ ह ३८०० न.को अटोमा बसिरहेका टिकाराम दियाली र उनका छोरा शिव दियाली (अटो चालक) लाई चेकजाँच गर्दा प्लास्टिकसहित २४० मिलिग्राम र प्लास्टिकबाहेक ८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । लागूऔषध र अटोसहित दुवैलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ ।