२०८२ चैत्र १२ गते , विहीबार

इरानले हर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गर्ने चेतावनी

sajilo news
एजेन्सी
२०८२ चैत्र ९ गते , सोमबार
इरानले हर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द गर्ने चेतावनी

तेहरान । मध्यपूर्वमा जारी युद्धको चौथो हप्तामा, अमेरिकाले इरानविरुद्धको चेतावनी जारी गरेपछि इरानले हर्मुज स्ट्रेट ‘पूर्ण रूपमा बन्द’ गर्ने चेतावनी दिएको छ । स्ट्रेट तेल र अन्य निर्यातका लागि अत्यन्त महत्वपूर्ण छ ।

इरानले यदि अमेरिका इरानका पावर प्लान्टहरूमा आक्रमण गर्छ भने तत्काल प्रतिक्रिया स्वरूप हर्मुज स्ट्रेट बन्द गरिने जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिवार साँझ स्ट्रेट खोल्न ४८ घण्टे समयसीमा तोकेका थिए ।

इजरायलमा आक्रमण र घाइतेहरू

इजरायली नेताहरूले दक्षिणी इलाकाका दुई समुदायको भ्रमण गरे जहाँ इरानी मिसाइल आक्रमणबाट धेरै मानिस घाइते भएका थिए । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कुनै मृत्यु नहुँदा यसलाई ‘अद्भुत’ बताए।

नेतन्याहूले इजरायल र अमेरिकाले युद्ध लक्ष्य हासिल गर्न प्रगति गर्दै आएको दाबी गरे। यसमा इरानको नाभिकीय कार्यक्रम, मिसाइल कार्यक्रम र हथियारयुक्त समूहहरूको समर्थन कमजोर पार्ने साथै इरानी जनतालाई धर्मनिरपेक्ष शासनतर्फ उन्मुख गर्ने उद्देश्य रहेको छ ।

हर्मुज स्ट्रेट र ऊर्जा संरचना जोखिममा

इरानले हर्मुज स्ट्रेटमा प्रभावकारी रूपमा जहाज आवागमन रोकिरहेको छ, तर शत्रु देशहरू बाहेकका जहाजहरूलाई सुरक्षित आवागमनको अनुमति दिएको छ । यो स्ट्रेट विश्व तेल आपूर्तिको लगभग एक–पाँचौं हिस्साका लागि अत्यन्त महत्त्वपूर्ण छ ।

इरानी संसदका अध्यक्ष मोहम्मद बाघेर कलीबाफले यदि इरानका पावर प्लान्ट र संरचना निशाना बनाइए, यसले सम्पूर्ण क्षेत्रका ऊर्जा र पेयजल (डिजेलिनेसन) सुविधा प्रभावित हुने चेतावनी दिएका छन् ।
 

सम्बन्धित समाचार