२०८३ बैशाख ३ गते , विहीबार
मेची पुलमा ७३ ग्राम ब्राउन सुगरसहित एक युवक पक्राउ
भारतबाट ७३ ग्राम ब्राउन सुगर ल्याउने अर्जुनधाराका एक युवक पक्राउ परेका छन् । हिजो साँझ ६ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतको पानीटंकीबाट सिटी सफारीमा नेपालतर्फ आइरहेका सर्लाही जिल्ला ईश्वरपुर-४ सागरनाथ टोल घर भई हाल झापा अर्जुनधारा-११ स्थित बसपार्कमा डेरा गरी बस्ने ३१ वर्षीय सनम बुर्जा मगरलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
उनको शरीर तलासी लिँदा प्लास्टिकसहित ८७ ग्राम ५४० मिलिग्राम र प्लास्टिकबाहेक ७३ ग्राम ७७० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई लागू औषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।