२०८३ बैशाख ३ गते , विहीबार

झापाको गौरीगंजमा वडाध्यक्ष र कर्मचारीलाई अभद्र व्यवहार गर्ने वडा सदस्य पक्राउ

sajilo news
झापा
२०८२ चैत्र ८ गते , आईतबार
झापाको गौरीगंजमा वडाध्यक्ष र कर्मचारीलाई अभद्र व्यवहार गर्ने वडा सदस्य पक्राउ

झापाको गौरीगंज ६ नम्बर वडा कार्यालयमा वडाध्यक्ष र कर्मचारीलाई अभद्र व्यवहार गर्ने वडा सदस्य नितेशकुमार साह पक्राउ परेका छन् ।

\हिजो बिहान ११ बजे गौरीगंज गाउँपालिका –६ नम्बर वडा कार्यालयमा सोही वडाका वडा सदस्य डौवाबारी बस्ने ३२ वर्षीय नितेशकुमार साहले मादक पदार्थ सेवन गरी वडाध्यक्ष ४५ वर्षीय बद्रीनारायण यादव लगायत वडामा कार्यरत कर्मचारीसमेतलाई अभद्र व्यवहार गरेका थिए । वडाध्यक्ष यादव र वडा सदस्य साह नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । दुवैबीच मामा भान्जाको सम्बन्ध रहेको छ । भारतबाट केटाकेटी भागेर आएको विषयलाई मिलाउने क्रममा दुवैबीच विवाद भएको जनाइएको छ ।

वडा सदस्य साहले मातेर तथानाम भनेपछि हिजो साँझ ५ बजे वडाध्यक्ष यादवले इलाका प्रहरी कार्यालय गौरीगंजमा गाली बेइज्जत गरी धाकधम्की दिई अभद्र व्यवहार गरेको भनी लिखित जाहेरी दिएका थिए । त्यसपछि साँझ ६ बजे इप्रका गौरीगंजबाट प्रहरी वरिष्ठ नायव निरीक्षक मानबहादुर मिश्रको कमान्डमा प्रहरी टोली खटिएर वडा सदस्य साहलाई नियन्त्रणमा लिएको हो । उनलाई इप्रका गौरीगंजमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार