२०८२ चैत्र १२ गते , विहीबार

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही र प्रमुख सचेतकमा खुस्बु ओली

sajilo news
झापा
२०८२ चैत्र ५ गते , विहीबार
राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही र प्रमुख सचेतकमा खुस्बु ओली

राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन भएका छन्। पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले दलको नेतामा शाही र प्रमुख सचेतकमा खुस्बु ओलीलाई जिम्मेवारी दिने निर्णय गरेको हो। 

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाले ५ सांसद पाएको छ। जसमध्ये प्रत्यक्षमा १ र समानुपातिक प्रणालीबाट ४ सांसद निर्वाचित भएका हुन्। शाही जुम्लाबाट प्रत्यक्षमा निर्वाचित भएका हुन्। शाहीले १४ हजार ८१६ मत प्राप्त गर्दै जुम्लाबाट दोस्रोपटक निर्वाचित भएका हुन् ।

सम्बन्धित समाचार